७ बैशाख २०८१, शुक्रबार

फिफा बारियतामा नेपाल एक स्थान तल, जर्मनी पहिलो स्थानमा


असोज ३१, काठमाडौँ | विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झरी १७६ औँ स्थानमा पुगेको छ ।

त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा छ । भारत १०५ औँ तथा अफगानिस्तान १५४ औँ स्थानमा छन् ।

त्यसैगरी दुई स्थान गुमाएको माल्दिभ्स १५६ औँ तथा भुटान १६ स्थान तल झर्दै १९० स्थानमा पुगेका छन् । बंगलादेश १९६, श्रीलंका १९८ तथा पाकिस्तान २०१ औं स्थानमा छन् । विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा यथावत् छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !