१३ बैशाख २०८१, बिहिबार

मन्त्री जगतबहादुर विश्वकर्माले एन्फाबाट १७ करोड लिएको सांसद यादवको गम्भीर आरोप


जेष्ठ २३, काठमाडौँ । समाजवादी पार्टीका सांसद प्रदीप यादवले खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)बाट १७ करोड रुपैयाँ खाएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद यादवले यस्तो आरोप लगाएका हुन् ।

सांसदले भने, “मैले के सुनिरहेको छु भने माननीय खेलकुदमन्त्रीले एन्फासँग १७ करोड रुपैयाँ लिनुभएको छ । केही दिनअघि एन्फा अध्यक्ष कर्मा शेर्पाले मधेसीलाई राष्ट्रियता आउँदैन भन्नुभएको छ । उहाँले कसको ताकतमा हामीलाई राष्ट्रियता सिकाएको ? पक्कै पनि खेलकुदमन्त्रीको ताकतमा भन्नुभएको होला ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !