१२ बैशाख २०८१, बुधबार

जाम्बियालाई हराउँदै नाईजेरिया विश्वकपका लागि छानियो


असोज २२, काठमाडौँ । जाम्बियालाई हराँउदै नाईजेरिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताको लागि छनोट भएको छ ।अफ्रिकी समुहअन्तर्गत शनिबार राती भएको खेलमा नाईजेरियाले जाम्बियालाई १-० ले हरायो ।

खेलमा नाईजेरियालाई विजयी गराउन इङ्गलिस क्लव आर्सनलका खेलाडी अलेक्स ईओबीले निार्णयक गोल गरे । जितसँगै नाईजेरिया अफिकी समुह बी मा एक खेल बाँकी छँदै विश्वकपमा छनोट भयो ।

यही समुहको अर्को खेलमा क्यामरुनले अल्जेरियालाई २-० ले हरायो । अघिल्लो विश्वकपको दोस्रो चरणमा पुग्न सफल यी दुबै राष्ट्र यसपटकको विश्वकप छनोट चरणबाट बाहिरिसकेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !