१२ बैशाख २०८१, बुधबार

स्पेन विश्वकप फुटबलका लागि छानियो, इटालीले प्लेअफ खेल्नु पर्ने


असोज २१, काठमाडौँ ।पुर्व बिश्वकप बिजेता स्पेन आगामी बर्ष रुसमा आयोजना हुने बिश्वकप फुटबलकालागि छनोट भएको छ । युरोपियन क्षेत्रको छनोटअन्तर्गत शुक्रबार राती भएको खेलमा अल्बानियालाई ३-० ले हराँउदै स्पेनले बिश्वकपमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै युरोपियन क्षेत्रको छनोटको समुह जि मा १ खेल खेल्न बाकी छँदै स्पेनको ९ खेलबाट २५ अंक भएको छ ।

दोस्रो स्थानमा रहेको इटालीको समान खेलबाट २० अंक छ । इटालीलले राती मेसोडोनियासँग १-१ गोलको बराबरी खेलेको हो । यो बराबरीसँगै इटालीले बिश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नु पर्ने भएको छ । समुहमा शिर्ष स्थान हात पार्ने टोलीले सोझै बिश्वकपमा स्थान बनाँउदा दोस्रो हुने टोलीले प्ले अफ खेल्नु पर्ने प्राबधान रहेको छ ।

बिश्वकप छनोट अन्तर्गत शुक्रबार राती भएको अर्को खेलमा वेल्सले जर्जियालाई १-० ले हराउदै बिश्वकपमा सोझै छनोट हुने सम्भाबना कायमै राखेको छ । छनोट अन्तर्गत रातीनै भएका अन्य खेलहरुमा अष्ट्रियाले सर्बियालाई ३-२ ले, आइसल्याण्डले टर्किलाई ३-० ले तथा आयरल्याण्डले मोल्डोभालाई २-० ले पाखा लगाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !