६ बैशाख २०८१, बिहिबार

मापसे गरी सवारी चलाएका फुटबलर रुनीले जरिवानास्वरुप थाले सामाजिक काम


असोज २१, लण्डन । चर्चित फुटबलर वायने रुनीले सामाजिक सेवा अन्तर्गत एउटा पार्कको बेञ्च रङरोगनको काम सुरु गरेका छन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई जरिवानास्वरुप एक सय घण्टा सामाजिक काममा परिचालन गरिएको हो ।

इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रुनीले सवारी चालकका लागि निर्धारित मापदण्डभन्दा तीन गुणा बढी मदिरा सेवन गरेर सवारी चलाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

आफ्नो घरबाट करिब तीन माइलको दुरीमा रहेको एउटा पार्कको बेञ्च रङरोगनको काममा उनी खटिएको बताइएको छ । रुनी हाल व्यावसायिक फुटबल क्लव इभर्टनबाट खेल्दै आएका छन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !