१३ बैशाख २०८१, बिहिबार

फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी


भाद्र २७, काठमाडौँ | नेपाली फुटबल टिममा खम्वाको रुपमा रहेका किरण कुमार लिम्बु (चेम्जोङ) यस बर्ष पल्सर स्पोटर्स अवार्ड २०७३ बाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले काठमाण्डौं कमलादिमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सोमबार आयोजना भएको उक्त अवार्ड वितरण समारोहमा अवार्ड सहित सम्मान गरेको हो । खेलको शिलशिलामा किरण हाल माल्दीप्समा भए पनि उनकी आमालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

किरणले एएफसी सोलिडारिटी कप च्याम्पियन बन्न सफल भए भने सेमिफाइनलमा लाओससंग टाइब्रेकरमा ३ पेनाल्टी रोकेर खम्वाको रुपमा आफ्नो भुमिका निभाएका थिए । एएफसी एसियन कप छनोटमा फिलिपिन्ससंग पनि १ पेनाल्टी बचाउन सफल भएका थिए भने किरणले माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्मा अनुबन्धित भएका छन ।

त्यसै गरी यस बर्षको पल्सर स्पोटर्स अवार्ड उत्कृष्ट बर्ष खेलाडी महिला तर्फ व्याडमिन्टनकी अन्तराष्ट्रिय खेलाडी नङसल तामाङ सम्मानित भएकी हुन। उनले–भाइ रत्नसंग पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन । अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालको पहिलो स्वर्ण । वुमेन्स सिंगल्समा तेस्रो, बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वाटरफाइनल प्रबेस, सातौं राष्ट्रिय खेलकुद वुमेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धामा स्वर्ण तथा वुमेन्स डबल्समा कांस्य पदक जितेता खेलाडी हुन।–पुष्पलाल स्मृति, कृष्णमोहन स्मृति र खुला राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन । घरेलु प्रतियोगितामा सिंगल्स र टिममा गरी ७ उपाधि, २ मा उपविजेता र १ मा तेस्रो तथा नेपाली महिला ब्याडमिन्टनकी नम्बर १ खेलाडीको रुपमा हाल उदायकी छन । अवार्ड वितरण कार्यक्रममा उनीहरुलाई अवार्ड सहित एक एक थान पल्सर मोटरसाईकल समेत प्रदान गरिएको हो ।

यस बर्ष लाइफटाइम एचिभमेन्ट अवार्डबाट गल्फर खेलाडी घनश्याम थापालाई सम्मान गरिएको छ । नेपालमा गल्फ खेलको विकास र विस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो । १० बर्ष देखि गल्फमा लागेका उनले नेपालमा सन १९१७ देखि गल्फ खेल भित्राउन महत्वपुर्ण मुमिका खेलेका थिए । भारत, एसिया टुर हुदै विश्व कप समेत खेलेका उनले उक्त अवार्ड प्राप्त गर्दा आफु खुसिले गदगद भएको जनाए ।

त्यसै गरी पिपुल्स च्वाइस अवार्डबाट एथ्लेटिक्सकी कान्छीमाया कोजु सम्मानित भएकी छन । ९५ हजार ७ सय २६ भोट मध्य उनले ६९.८४ प्रतिशत अर्थात ६६ हजार ८ सय ६४ भोट ल्याउदै उक्त अवार्ड जित्न सफल भएकी हुन । त्यस्तै उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्सका पुष्पराज ओझाले उक्त अवार्ड हात पार्न सफल भए । पिपुल च्वाईस र उत्कृष्ट प्रशिक्षकले समेत अवार्डको साथमा करिब ३ लाख मुल्य बराबरको पल्सर मोटरसाईकल वाईक प्राप्त गरेको मञ्चका सचिव पवन आचार्यले बताए । त्यस्तै उत्कृष्ट बर्ष खेलाडी युवातर्फ जुडोकी खेलाडी मनिता प्रधानले अवार्ड प्राप्त गरेकी छन । अपाङगता भएकाहरुको लागि समेटिएको पारा एथलिटमा क्रिकेटका खेलाडी पदम बदेलले जित्न सफल भए । स्पेशल अवार्डबाट बन्दी सहयात्री नियोग (पाम) सम्मानित भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिवल भने बर्षको उत्कृष्ट टिम हुन सफल भएको छ । पुरुष भलिवलको टोली उत्कृष्ट टिम घोषित भएको हो । आठ विधामध्ये लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पारा एथलिट अवार्डको घोषणा सोमबार नै भएको हो भने वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयमा पर्ने नाम यसअघि नै सार्वजनिक गरिसकेको थियो ।

वर्षका उत्कृष्ट पुरुष, महिला खेलाडी, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड विजेताले पल्सर मोटरसाइकल प्राप्त गरेका छन । यस बर्ष देखि प्रशिक्षकका समेत मोटरसाइकल प्रदान गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । अन्य विधामा उत्कृष्ट हुनेलाई जनहि ५० हजारसहित सहित ट्रफी वितरण गरिएको मञ्चका अध्यक्ष महेश आचार्यले बताए । एथलेटिक्सतर्फ कान्छिमाया कोजु र सरस्वती भट्टराई उत्कृष्ट महिला खेलाडी तथा सोमबहादुर कुमाल वर्षको उत्कृष्ट पुरुष खेलाडी र पुष्पराज ओझा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका थिए । ब्याडमिन्टनतर्फ दिदीभाइ नङसल तामाङ र रत्नजीत तामाङ उत्कृष्ट महिला र पुरुषको मनोनयमा परेका थिए भने सोही खेलको प्रशिक्षक किरण थापा प्रशिक्षकको मनोनयनमा परेका थिए । राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकर उत्कृष्ट पुरुष, दीपेन्द्रसिंह ऐरी उत्कृष्ट युवा र जगत टमाटा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका थिए। भलिबलतर्फ प्रतिभा माली उत्कृष्ट युवा र मानबहादुर श्रेष्ठ उत्कृष्ट पुरुषको मनोयनमा परेका थिए । जुडोकी मनिता श्रेष्ठ प्रधान र भारोत्तोलनकी कमला श्रेष्ठ उत्कृष्ट युवा तथा आर्चरीकी ज्ञानु अवाले उत्कृष्ट महिलाको मनोनयनमा परेका थिए ।

विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, हंसराज हुसाल चन्दका प्रवन्ध निर्देशक शेखर गोल्छा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, ओलम्पियन संगिता बैद्य, मञ्चका अध्यक्ष महेश आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक तथा खेलाडीहरुले डेमो प्रदशर्न गरेका थिए । चर्चीत गायक आस्था रावतको समेत कार्यक्रममा प्रस्तुती रहेको थियो। कार्यक्रम मञ्चका अध्यक्ष महेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव केशव कुमार विष्टले उक्त स्पोर्टस अवार्डलाई अब राखेपले अपनत्व वहन गर्ने वचन दिदै आगामी बर्ष देखि पुरस्कारको ठुलो हिस्सा राखेपले व्याबस्थापन गर्ने जनाए । उक्त अवार्ड सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने भएको छ भने मुख्य प्रायोजक हंशराज हुलास चन्द पल्सर वाईकबाट करिब १७ लाख प्राप्त भएको मञ्चले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !