, कोरोनाका कारण स्थगित टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि हुने

कोरोनाका कारण स्थगित टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि हुने

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक २०२१ को जुलाईमा गर्ने निर्णय

एजेन्सी, चैत १७ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक २०२१ को जुलाईमा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको आईओसीको कार्यसमति बैठकले कोरोना भाइरसका कारण १ वर्षपछि धकेलिएको टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि ८ अगस्टसम्म आयोजना गर्ने निर्णय गरेको छ ।

२०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको ओलम्पिक गेम कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि पछि धकेलिएको थियो ।ओलम्पिक २०२१ मा हुने भएपछि यसको नाम भने ओलम्पिक २०२० नै रहने आईओसीले जनाएको छ ।

यस्तै, पाराओलम्पिक गेम २०२१ अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म जापानमै सञ्चालन हुनेछ । पाराओलम्पिक २०२० अगस्ट २५ देखि हुने तय भएको थियो । ओलम्पिक सरेपनि यसका लागि छनोट भएका खेलाडीहरुले पुन छनोट खेल्नु नपर्ने आईओसीका अध्यक्ष थोमस बिचले बताएका छन् ।