, क्रिकेटर सन्दीपले कोरोना राहत काेषमा १ लाख दिने घोषणा

क्रिकेटर सन्दीपले कोरोना राहत काेषमा १ लाख दिने घोषणा

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा १ लाख रुपैया सहयोग दिने घोषणा

चैत १४, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा १ लाख रुपैया सहयोग दिने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीपले सरकारी राहत कोषमा १ लाख घोषणाा गरेका हुन् । उनले सामाजिक सञ्जाल मार्फत सरकारी राहत कोषमा नेपाली रुपैयाँ १ लाख सहयोग रकमको घोषणा गरेका हुन् ।

उनले मानिस बीचको भौतिक दुरी कायम गर्न आग्रह गर्दै सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् । नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्नका लागि सरकारले आपतकालीन कोष खडा गरेको हो ।