१२ बैशाख २०८१, बुधबार

कोरोना भाइरस महामारी : टोकियो ओलम्पिक स्थगित, पारा ओलम्पिक १ वर्षपछि हुने


टोकियो ओलम्पिक २०२०

११ चैत, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानको राजधानी टोकियोमा हुने तय भएको टोकियो ओलम्पिक २०२० स्थगित भएको छ । आयोजक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आयोजक देश जापानले स्थगित गर्ने निर्णय गरेका हुन् ।

विश्वभर फैलिरहेको कोरोना भाइरस महामारीका कारण टोकियो ओलम्पिक १ वर्ष पछि सरेको छ । विभिन्न देशका ओलम्पिक कमिटीले टोकियो ओलम्पिक सार्न प्रस्ताव गर्दै आयोजकमाथि दबाब बढाएपछि मंगलबार आईओसी अध्यक्ष र जापानी प्रधानमन्त्रीबीच टेलिफोन कुराकानी भएको थियो ।

उक्त कुराकानीपछि ओलम्पिकपछि सार्ने निर्णय भएको जापानी प्रधानमन्त्री सिन्जो अबेले बताएका छन् । शुरुमा आबेले ओलम्पिक सार्नेबारे प्रस्ताव गरेको त्यसमा आईओसी अध्यक्ष बाकले सहमति जनाएका हुन् । साथै टोकियो पारा ओलम्पिक पनि १ वर्ष पछि सरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !