, शहीद स्मारक फुटबलमा जाउलाखेलको जीत

शहीद स्मारक फुटबलमा जाउलाखेलको जीत

काठमाडौँ, २० माघ । जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो ।

जाउलाखेलको जीतमा सुजित बुढाथोकी नायक बने । उनले खेलको पहिलो हाफको ३२आँै मिनेटमा गरेको एक गोल नै जाउलाखेलका लागि निर्णायक गोल साबित भयो । यस खेलसँगै १० खेल पूरा गरेको जाउलाखेलले १५ अङ्क बटुलेको छ । समान खेल खेलेको व्रिगेड ब्वाइजको भने आठ अङ्क छ ।