६ बैशाख २०८१, बिहिबार

बुद्धिचालको उपाधि हेटौँडाका थापालाई


बुद्धिचाल

चिप्लेढुङ्गा, ९ माघ । पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण थापाले जित्नुभएको छ । ५.५ अङ्क प्राप्त गर्दै थापाले उपाधिसँगै नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । एसियन एमेच्योर रहनुभएका थापाले २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोस्रो स्थान हासिल गर्नुभएको थियो भने हाल इलामको गजुरमुखी क्लबबाट चेस खेल्दै आउनुभएको छ ।

त्यसैगरी प्रतियोगितामा पाँच अङ्कसहित महेश्वर अधिकारी दोस्रो हुनुभयो । उहाँले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । बुद्धिराज शर्माले ४.५ अङ्कसहित तेस्रो स्थान हासिल गर्दै रु १० हजार पाउनुभयो । अनील कोइराला चार अङ्कसहित चौथो र विनोद नाल्मी चार अङ्कसहित पाँचौँ हुनुभयो ।

दशौँ स्थानसम्म पर्न सफल सागर साई, विश्व पराजुली, युवराज भण्डारी, रामबहादुर क्षेत्री, वीरबहादुर परियारले जनही एक हजार नगद जित्न सफल हुनुभयो । विजेतालाई युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा ३० खेलाडीको सभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !