१३ बैशाख २०८१, बिहिबार

“प्रथम शुक्र स्मृति भलिबल”को उपाधि आयोजक ए टिमलाई, उदयपुरले द्धितीयमा चित्त बुझाए


१३ पुस, काठमाडौं । “प्रथम शुक्र स्मृति भलिबल”को उपाधि आयोजक ए टिमले जितेका छन् । बराहपोखरी गाउँपालिका वडा नं.२ सुन्तलेमा शुक्र राना मगरको “प्रथम स्मृतिमा खुल्ला वडा स्तरीय पुरुष भलिबलको उपाधि नं.२ सुन्तले आयोजक ए टिमले जितेका हुन् ।

बुधबारदेखि सुरु भएको खेलमा त्रियुगा न.पा.१५ उदयपुरलाई पराजित गर्दै आयोजक ए टिम उपाधि जित्न सफल भएका हुन् । यससँगै त्रियुगा न.पा.१५ उदयपुरले द्धितीयमा उपाधि विजेता आयोजकले ३० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेता उदयपुरले २० हजारसहित शिल मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तैगरी तृतीय बराहपोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङ् ए भएका छन् । फाक्टाङ् ए ले १० हजार नगदसहित शिल मेडल र प्रमाणपत्र पाएका छन् ।

महिला भलिबल तर्फमा भने आयोजक ए टिमले नै उपाधि जितेका छन् । बराहपोखरी गाउँपालिका वडा नं. ३ साउनेचउरलाई पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् । विजेताले १५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेताले १० हजारसहित शिल, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तैगरी तृतीय भएका बराहपोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङ् ए ले ५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र पाएका छन् ।

लोकदोहोरीमा भने बराहपोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङ् ए प्रथम भएका छन् । आयोजक ए द्धितीय भएका छन् भने आयोजक सी नै तृतीय भएका छन् । प्रथमले ५ हजार नगदसहित शिल मेडल र प्रमाणपत्र भएका छन् भने द्धितीयले ३ र तृतीयले २ हजार नगदसहित शिल मेडल र प्रमाणपत्र पाएका छन् ।

उक्त विजेता खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जारा र उपाध्यक्ष गोमा मगरले वितरण गरेकी थिइन ।

वडा नं.२ सुन्तले निवासी गंगा बहादुर राना मगरको छोरा शुक्र राना मगर गतवर्ष पुस २४ गतेका दिन आफ्नै घरमा सामान्य ज्वरोका कारण मगरको निधन भएका थिए । मगरको पहिलो स्मृति दिवसको अवसरमा आयोजना गरिएको यस खेलमा विभिन्न ठाउँका मानिसहरुको बाग्लो उपस्थिति रहेको आयोजकले जानकारी दिए ।

मगर एक कुसल खेलाडी थिए । उनी खोटाङ् जिल्ला स्तरीय खेलाडीहरु मध्ये एक खेलाडी थिए । सानै उमेरदेखि भलिबलमा सक्रिय रहेका उनले जिल्लामा भएका जिल्ला स्तरीय खेलहरुमा सहभागी भइ धेरै खेलहरु जितेका थिए । जिल्लाका विभिन्न ठाउँहरुमा खेल खेलेका उनलाई जिल्लामा निकै चर्तित खेलाडीको रुपमा पनि चिनिन्थ्यो । शारीरिकरुपमा थोरै होचो भएपनि खेल खेल्नमा भने एकदमै राम्रो थियो । मगर सामेल भएका खेलहरु प्राय सधै जित्ने गर्थ्यो । लामो समयसम्म खेल खेल्दै आएका मगर केहि वर्ष अगाडी रोजगारीको सिलसिलामा विदेश गएर आएक थिए । त्यसपछि घरमै बस्दै आएका मगर अचानक आफ्नै निवासमा ज्वरोका कारण निधन भएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !