१३ बैशाख २०८१, बिहिबार

ए डिभिजन लिग: आज उपाधिको दाबेदार मनाङ र आर्मी क्लबवीच खेल हुँदै


७ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको उपाधिको दाबेदार मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबवीच आज पहिलो खेल हुँदैछ । अर्को उपाधि दाबेदार मानिएको थ्री स्टार र पुलिसबीच दोस्रो खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल यू १५ र भुटान यू १५ गर्ल्स टिमबीच मैत्रीपूर्ण खेल हुँदैछ । त्यसैले एन्फा क्म्पेलक्समा हुने तय भएको मनाङ र आर्मीबीचको खेल रंगशालामा सारिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !