, लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश

लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश

एजेन्सी, कतारको दोहास्थित खालिफा स्टेडियममा बुधबार राति भएको खेलमा लिभरपुलले मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गेलले पराजित गर्दै फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वैकल्पिक खेलाडी रोवर्टाे फिर्मिन्होले निर्णायक गोल गरेपछि लिभरपुल फाइनलमा प्रवेश गरेको हो ।

उपाधिका लागि लिभरपुलले ब्राजिलियन क्लब फ्लामेङ्गोसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।