४ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले बोलाए सागमा पदक विजेता खेलाडीहरुलाई बालुवाटारमा


प्रधानमन्त्री केपी शर्मा ओली

मंसिर २५, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई बधाई दिनको लागि बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार दिउँसो सवा २ बजे बालुवाटार बोलाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सचिवालयका अनुसार प्रोत्साहन स्वरुप पुरस्कार घोषणा गर्ने तयारी प्रधानमन्त्रीको तयारी छ । साग प्रतियोगितामा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !