, प्रधानमन्त्रीले बुधबार बोलाए खेलाडीलाई बालुवाटार

प्रधानमन्त्रीले बुधबार बोलाए खेलाडीलाई बालुवाटार

मंसीर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले साग समापनका अवसरमा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले खेलाडीहरुमाझमा सागमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा गर्ने तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकामा संवद्ध सबैलाई धन्यवाद दिएका छन् ।

यो पनि पढ्नुहोस्

यस्तो छ प्रधानमन्त्रीले दिएको साग समापनको भिडियो सन्देश