, १३ औं साग : पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

१३ औं साग : पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

मंसीर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा आज भएको खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले स्वर्ण पदक जितेको हो ।

नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर ३७ औं मिनेटमा भुटानले गोल गर्दै पहिलो हाफ १-१ गोलको बराबरी गर्यो । भुटानका लागि च्यान्चो ग्याल्जेनले गोल गरे ।

बराबरी भएपछि केही दबाबमा देखिएको नेपालका लागि सुनिल बलले ५७ औं मिनेटमा गोल गरेपछि नेपालले फेरि अग्रता बनायो । त्यसपछि दुवै टिमले गोल गर्न सकेनन् र स्वर्ण पदक नेपालको पोल्टामो पर्यो ।

पहिलो पटक इतिहास रच्दै सेमिफाइनल पुगेको भुटानले भने रजत पदकमै चित्त बुझाएको छ । समूह चरणमा भएको खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको थियो ।