७ बैशाख २०८१, शुक्रबार

नेपाल भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले दिए राजीनामा


२३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारतले नेपालालई २-० गोलले पराजित गरेपछि नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।

खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ । यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।’खड्काको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँगै हारेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !