८ बैशाख २०८१, शनिबार

सागमा गल्फको पुरुष टिम इभेन्टमा नेपालले जिते स्वर्ण


मंसिर २०, काठमाडौँ । १३ औं दक्षिण एसियाली खलकुद (साग) अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण पदक जितेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपाली टोलीले कुल ८३८ अंक स्कोर गरेको थियो ।

यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् । सुभाष तामाङले व्यक्तिगत स्पर्धामा पनि स्वर्ण जितेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !