६ बैशाख २०८१, बिहिबार

भुटानलाई नेपालले दियो २ सय ३७ रनको लक्ष्य


१९ मंसिर, काठमाडौँ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटान सामू विशाल लक्ष्य पस्केको छ । १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए । कमजोर मानिएको भुटानसामू उच्च स्कोर खडा गर्ने क्रममा कप्तान मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । नेपालले टी-२० मा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !