८ बैशाख २०८१, शनिबार

१३ औं सागमा नीमा घर्ती मगरले जितिन् स्वर्ण


१९ मंसिर, काठमाडौं । उसुमा नेपालले स्वर्ण पदक जितेको छ १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नीमा घर्तीमगरले स्वर्ण पदक जितेकी हुन् ।

नीमा घर्तीमगरले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । नीमाले यसअघि १२ औं सागमा उसुको थाउलोमा उनले स्वर्ण जितेकी थिइन् ।

यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगेको छ । बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !