१३ बैशाख २०८१, बिहिबार

१३ औं सागमा करातेमा नविनले जिते स्वर्ण


१७ मंसिर, काठमाडौँ । करातेको ६७ केजी कुमुतेमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार बिहान सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको खेलमा नविन रसाइलीले पाकिस्तानका मोहम्मद नासिरलाई ८-६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

नविन रसाइलीले बंगलादेशी खेलाडी मोहम्मद थेरदुसलाई ८-२ ले पराजित गरेका थिए । कराँतेको ११ स्पर्धामा नेपालको ८ औं स्वर्ण हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !