१२ बैशाख २०८१, बुधबार

१३ औं सागमा उसुमा नेपाललाई २ स्वर्ण


१७ मंसिर, काठमाडौँ । उसुमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी छन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् । उसुको थाउलोमा विजय सिञ्जालीले पनि जितेका छन् ।

बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन् । यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनुपरेको हो । नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !