११ बैशाख २०८१, मंगलबार

१३ औं सागको उद्घाटनको दिन नेपालको झण्डा पारसले बोक्ने


१३ मंसिर, काठमाडौं । क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मार्चपासमा नेपालको झण्डा बोक्ने भएका छन् ।
१३ औं सागको उद्घाटनको दिन हुने मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने सम्भावना रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । पारसले १३ औं सागमा पुरुष क्रिकेट खेल्दैछन् । सागमा क्रिकेट ८ वर्षपछि फर्किएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !