१३ बैशाख २०८१, बिहिबार

पीएसएलको ड्राफ्टमा पारस खड्कासहित ७ नेपाली क्रिकेटर


२ मंसिर, काठमाडौं । पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारस खड्कासहित आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी परेका छन् ।पीएसएल आयोजकले सोमबार सार्वजनिक गरेको सिल्भर क्याटगोरीको ड्राफ्टमा पारससँगै यी परेका हुन् ।

इमर्जिङ क्याटगोरीमा परेकाहरुको सूची सार्वजनिक हुन बाँकी नै छ । सन्दीप लामिछाने यसअघि नै ड्राफ्टको प्लाटिनम क्वाटगेरीमा परेका थिए । पीएसएल ड्राफ्टमा खेलाडीलाई ५ क्याटगोरीमा राखिएको छ । पीएसएलको ड्राफ्ट आगामी डिसेम्बर ६ र ७ मा हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !