७ बैशाख २०८१, शुक्रबार

नेपाली महिला भलिबल टिमले जित्यो पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि


अपराजित नेपाली महिला भलिबल टोली सेन्ट्रल जोनको फाइनलमा

२८ कात्तिक, काठमाडौं । माल्दिभ्सलाई ३–० ले हराउँदै नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशमा बिहीबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो ।

लिग चरणको अन्तिम खेलमा बुधबार पनि नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले लिग चरणमा कीर्गिस्तान, अफगानिस्तान र बंगलादेशलाई पनि समान ३–० कै सेटमा हराएको हो । नेपाली महिला भलिबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सकेको यो पहिलो चोटी हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !