८ बैशाख २०८१, शनिबार

१३औं साग क्रिकेट: भारत र पाकिस्तानले भाग नलिने


२२ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार १३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने भएको छ ।

टेष्ट मान्यता प्राप्त देशले यू-२३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुबै देशले क्रिकेटबाट हात झिकेका हुन् । यस सँगै नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले भने क्रिकेटमा सहभागिता जनाउने छन् । सागमा समावेश २७ वटै खेलमामा नेपालले मात्रै सहभागिता जनाउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !