७ बैशाख २०८१, शुक्रबार

यू–१९ क्रिकेट टिमको कप्तानमा ऋत गौतम


१३ कात्तिक, काठमाडौं । यू–१९ च्यालेन्जर सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएसँगै ऋत गौतमले कप्तानीको जिम्मेवारी पाएका छन् ।

उक्त टोलीमा लोकेशबहादुर बम, त्रितराज दास, विशाल विक्रम केसी, खडकबहादुर बाहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरि, कुशल मल्ल, विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी छन् । दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिलकुमार सिंह र सोनु देवकोटा भने वैकल्पिक खेलाडीमा परेका छन् । नोभेम्बर १० बाट हैदराबादमा सुरु हुने प्रतियोगितामा नेपालको यू–१९ टिमले नेपाल ए नामबाट खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !