४ बैशाख २०८१, मंगलबार

एएफसी च्याम्पियनसिप: नेपाल र अफगानिस्तानवीच प्रतिष्पर्धा हुँदै


८ कात्तिक, काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा आज नेपाल र अफगानिस्तानवीच प्रतिष्पर्धा हुँदै छ । इरानमा जारी खेलमा नेपाल र अफगानिस्तानवीच दिउँसो ३.१५ बजे प्रतिष्पर्धा गर्ने छन् ।

प्रतियोगिताको छनोट चरणबाट बाहिरिसकेको नेपाल अन्तिम खेलमा जित निकाल्ने दबाबमा हुने छ । छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० ले पराजित भएको थियो । त्यस्तैगरी दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ ले पराजित भएको थियो । दुई खेलमा हार व्यहोरेको अफगानिस्तान पनि नेपालसँगको प्रतिष्पर्धा प्रतिष्ठाका लागिमात्र हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !