६ बैशाख २०८१, बिहिबार

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


क्रिकेट

काठमाडौँ, २५ भदौ । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो । मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जीत निकालेको थियो ।

त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित हँुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा दुई अङ्क जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । यस समूहबाट श्रीलङ्का र बङ्गलादेशले सेमिफाइनलमा स्थान बनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !