७ बैशाख २०८१, शुक्रबार

कोपा अमेरिका, अर्जेन्टिना क्वाटरफाइनमा प्रवेश


foodball

पोर्टो अलेग्री, ९ असार । लाउटारो मार्टिनेज र सर्जिओ अग्वेरोको गोलको मद्दतले अर्जेन्टिनाले कतारलाई २–० गोल अन्तरले पराजित गरी अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलमा जारी कोपा अमेरिका प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको समूह ख कै अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेका कारण पनि अर्जेन्टिनालाई क्वाटरफाइनलमा प्रवेश सहज भएको हो ।

समूहमा दोस्रो भएको अर्जेन्टिनाले रियो दे जेनेरोको माराकाना रंगशालामा भेनेजुएलासँग क्वाटरफाइनल खेल खेल्नेछ ।

एक खेल बराबरी खेलेको कतार भने प्रतियोगिताबाट बाहिरिएको छ । तर समूह ख मा तेस्रो स्थानमा रहेको पाराग्वेले भने समूह ग को जापान र इक्वेडरबीचको खेल कुर्नु पर्नेछ । उत्कृष्ट नतिजा आउने तेस्रो स्थानका दुईमध्ये एक टिम क्वाटरफाइनका लागि छनौट हुनेछ ।

चार अंक रहेको पेरु क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ भने जापान र इक्वेडरको खेलबाट पाराग्वेको भाग्य निर्धारित हुनेछ ।

एसियाली च्याम्पियन कतारले पनि गोल गर्ने राम्रा अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !