१३ बैशाख २०८१, बिहिबार

सुदूरपश्चिम पृतनापति ट्रफी शुरु


foodball

भीमदत्तनगर, ३१ जेठ । नेपाली सेनाको सुदूरपश्चिम प्रदेशअन्तर्गत पृतनापति ट्रफी खेलकूद प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ । श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी शरद ढलकाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा आयोना गरिएको सो प्रतियोगिता शुभारम्भ गर्नुभयो ।

सहायकरथी ढकालले ‘खेलौँ र स्वस्थ रहौँ’ भन्ने मनसायसहित अनुशासनमा बसेरस्तरीय खेल प्रदर्शन गर्न खेलाडीहरुलाई निर्देशन दिनुभयो । प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, पौडी, बास्केटबललगायत सात वटा खेलमा यहाँका नौ वटै जिल्लाका गण तथा गुल्मका गरी ३४६ महिला तथा पुरुष खेलाडी सहभागी रहने नेपाली सेनाले जनाएको छ ।सात खेलमध्ये बक्सिङ, बास्केटबल, भलिबल र पौडी श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकले भीमदत्तनगरमा सञ्चालन गरिने भएको छ । (रासस)
–––
रे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !