८ बैशाख २०८१, शनिबार

विश्वकप क्रिकेट: आज अस्ट्रेलिया र भारतवीच प्रतिस्पर्धा


एजेन्सी, २७ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज साँझ दी ओभल स्टेडियममा दिउँसो ३ः१५ बजे  साविक विजेता अस्ट्रेलिया र भारत भिड्दै छन् ।

विश्वकप उपाधि दाबेदार दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन् । साविक विजेता अस्ट्रेलिया सबै खेलमा जित निकाल्दै फाइनल यात्रा तय गर्ने दाउमा छ । भारतको योजना पनि उस्तै छ ।

विश्वकपमा अस्ट्रेलियाले दुई खेल खेलिसकेको छ । अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भने अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । भारतले भने एक खेल खेलेको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !