७ बैशाख २०८१, शुक्रबार

विश्वकप क्रिकेट: न्युजिल्यान्डसँग अफगानिस्तान ७ विकेटले पराजित


एकदिवसिय विश्वकप क्रिकेटमा शनिबार राति भएको खेलमा न्युजिल्यान्डसँग अफगानिस्तान ७ विकेटले पराजित भएको छ ।

उक्त ल्खेलमा एक सय ७३ रनको विजयी लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ७९ रन बनाए । रोस टेलरले ४८, कोलिन मुन्रोले २२ र टम लाथमले अविजित १३ रन जोडे । अफ्गानिस्तानका लागि अफ्तव आलमले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१.१ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । अफगानिस्तानका लागि हास्मतउल्लाह साहिदीले सर्वा्धिक ५९ रनको अर्धशतकीय पाली खेले । हज्रतउल्लाह जजाईले ३४र नुर अली जड्रानले ३१ रन बनाए ।

तीनवर्ट खेलमा हार बेहोरेको अफगानिस्तानले खाता खोल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !