४ बैशाख २०८१, मंगलबार

आज नेपाल ताईपेईसँग भिड्दै, ताईपेईलाई हराउने नेपालको लक्ष्य


२३ जेठ । नेपालले आज (बिहिबार) ताईवानमा साँझ ५ बजे सुरु हुने खेलमा चाईनिज ताईपेईसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । उक्त खेलमा नेपालले बलियो ताईपेईलाई हराउने लक्ष्य लिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोली आइतबार मलेसियासँग मैत्रीपूर्ण खेल खेलेर उतैबाट ताईपेई गएको थियो । मलेसियासँगको खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

त्यसो त ताईपेई नेपालको तुलनामा बलियो टोली हो । फिफा वरियतामा ताईपेई एक सय २५ स्थानमा छ । नेपाल एक सय ६१ स्थानमा छ ।

मलेसियासँग खेल्दा चोट लागेका स्ट्राईकर अन्जन बिष्टले आजको खेल खेल्ने छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !