११ बैशाख २०८१, मंगलबार

ब्राजिलसँग कतार २–० ले पराजित, नेइमार घाइते हुँदा ब्राजिललाई पिडा


एजेन्सी, २३ जेठ । कोपा अमेरिकाको तयारीका लागि बिहिबार बिहान भएको मैत्रीपुर्ण खेलमा ब्राजिलसँग कतार २–० ले पराजित भएको छ ।

उक्त खेलमा ब्राजिलले सहज जित हात पारेपनि नेइमार घाइते भएका छन् । यसअघि घुँडामा लागेको चोट पुनः बल्जिएपछि नेइमारले २२औं मिनेटमा मैदान छाडेका थिए ।

ब्राजिलले एसियन कप च्याम्पियन कतारसँग मैत्रीपुर्ण म्याच खेलेको थियो । ब्राजिलले जुन १४ मा बोलिभियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !