७ बैशाख २०८१, शुक्रबार

प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता


Nepalpatra

खाँदबारी, १२ जेठ । सङ्खुवासभाको खाँदबारीमा प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रदेश नं १ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला खेलकूद विकास समितिले प्रतियोगिता आयोजना गर्ने भएको हो ।

जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश नं १ का १४ वटै जिल्लाको सहभागिता रहने जिखेबिसका अध्यक्ष भरतकुमार घिमिरेले बताउनुभयो । प्रतियोगिताले खेलाडी र प्रशिक्षकलाई फाइदा पुग्ने र जिल्लाका खेलाडीले थप सिक्ने मौका पाउने अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रतियोगितालाई मध्यनजर गर्दै कबड्डी निर्णायक तालीम शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्को प्राविधिक सहयोग तथा जिल्ला खेलकूद विकास समितिको आयोजनामा शुरु भएको तालीम जिल्लामा यो पहिलो पटक हो ।

अध्यक्ष घिमिरेका अनुसार राष्ट्रिय खेलकूद परिषद्का कबड्डी प्रशिक्षक तारासिंह भाट र पार्वती राईले निर्णायकको तालीम दिइरहनुभएको छ । आजसम्म राष्ट्रियस्तरका प्रशिक्षक जिल्लामा आएर तालीम सञ्चालन भएको थिएन, यो पहिलो पटक हो, अध्यक्ष घिमिरेले भन्नुभयो, “यसले निर्णायक र खेलाडीलाई थप ऊर्जा मिलेको छ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !