१२ बैशाख २०८१, बुधबार

आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित


काठमाडौँ, ९ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान गरेको छ ।प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गर्नुभएको हो ।

उक्त प्रतियोगितामा एपीएफ क्लब तेस्रो भएको थियो । एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८० कास्यसहित कूल २०२ पदक पदक जितेको थियो । सम्मानस्वरुप एपीएफले स्वर्ण पदक विजेता खेलाडीलाई जनही रु १० हजार प्रदान ग¥यो भने रजत विजेतालाई रु सात हजार तथा कास्य विजेतालाई रु पाँच हजार प्रदान गरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !