८ बैशाख २०८१, शनिबार

ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि


१० वैशाख, काठमाडौँ । ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ ।

पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिनुभयो । टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताका सबै खेल पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसको खेलमैदानमा हुने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । टि–२० फरम्याटमा हुने ह्विल चियर एशिया कप क्रिकेट विश्वमै पहिलो पटक आयोजना हुन लागेको उहाँकोे दाबी छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !