४ बैशाख २०८१, मंगलबार

नेपाल विश्वकप छनोटबाट वञ्चित


क्रिकेट

५ वैशाख, काठमाडौँ । नेपालले सन् २०२० को यू–१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एकदिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटमा संयुक्त अरब इमिरेट्स(युएई)ले ओमानलाई १० विकेटले हराएपछि नेपाल विश्वकपबाट वञ्चित भएको हो ।

युएईसँगको खेल वर्षाका कारण प्रभावित भएपछि नेपाल एक रनले पराजित भएका कारण यू–१९ विश्वकप गुमाएको हो । आज भएको अन्तिम खेलमा नेपालले कुवेतलाई १५० रनले पराजित गरेको छ । सो प्रतियोगिताका लागि युएई छनोट भएको छ । आज भएको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले हरायो । क्वालालम्पुरस्थित किन्नरारा ओभल मैदानमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

नेपालको तर्फबाट रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे । रितले ६२ तथा पवनले ५३ रन बनाए । आसिफ शेखले अविजित ३३ रन बनाए । बलिङतर्फ कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले एक÷एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको कुवेतले १९ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

कुवेतका लागि नोमन बुन्द्रो ७० रन बनाए । गोकुल कुमारले ३६, हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाए । बलिङतर्फ नेपालका कप्तान रोहितकुमार पौडेलले तीन विकेट लिए । कुशल मल्ल, सूर्य तामाङ र राशिद खानले दुई÷दुई विकेट लिए । नेपाल प्रतियोगिताको दोस्रो स्थान रह्यो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनले, दोस्रो खेलमा युएईलाई एक रनले तथा तेस्रो खेलमा मलेसियालाई आठ विकेटले पराजित गरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !