७ बैशाख २०८१, शुक्रबार

फुटबलका सुपरस्टार लियोनल मेस्सिको जीवनी


२८ चैत्र, काठमाडौँ । आज विश्वलाई आफ्नो फुटबल कलाले लोभ्याउन सफल मेस्सीको बाल्यकाल एकदम कष्टकर थियो । उन्को जन्म अर्जेन्टिनाको रोसासियामा भएको थियो । उन्का बुबा स्टिल कारखानामा काम गर्थे भने आमा सफाईको काम गर्थिन् । पढाईमा ध्यान दिन नपाए पनि मेस्सी फुटबलमा भने सानै देखि पोख्त थिए । गुणस्तरीय पढाई र धनले मात्र सबैकुरा हुँदैन भनेर साबित गरेका मेस्सी आज उनिहरु सबैका लागि उदाहरण बनेका छन् जो धन र पढाईबाट बञ्चित छन् ।

जीवनमा केहि गर्न र बन्न यि कुराहरु आवश्यक छैन भन्ने कुरा उन्को जीवन बाट थाहा पाउन सकिन्छ । धेरै विद्यालय र कलेज पढ्ने विद्यार्थीहरु मेस्सी भनेपछि हुरुक्कै हुने गर्छन् । चाहे उनिहरुलाई उन्को बारेमा पुरै जानकारी होस् या नहोस् मेस्सीको नाम आएपछि मेरो बेष्ट हो भन्दै आउछन् । बच्चाहरुलाई उन्को संघर्षबारे थाहा हुनु जरुरी छ । यस्तै ब्यक्तिहरुलाई हेरेर पनि उनिहरुले केहि सिक्न सक्छन् । जीवनमा सबैभन्दा ठुलो कुरा आफ्नो लक्ष्यप्रतिको मेहनत र लगन हो । मेहनत गर्नको लागि कुनै उमेर तोकिएको हुँदैन भन्ने कुरा मेस्सीले दर्साएका छन् ।

उन्ले ५ वर्षको उमेर देखि स्थानीय क्लबमा फुटबल खेल्न शुरु गरेका थिए । मेस्सीलाई सानो छँदा ग्रोथ हर्मोन सम्बन्धि रोग लागेको थियो । उन्को रोगसँग लड्ने क्षमताको साथै आँखाको दृष्टी पनि कम थियो । उनलाई तीन वर्षसम्म लगातार हप्ताको सात दिन सुई लगाउनुपरेको थियो । मेस्सीलाई उपचारका लागि मासिक १ सय डलर लाग्थ्यो । आर्थीक स्थिती कमजोर भएका कारण उन्का परिवारको लागि यो सम्भव थिएन । तर भनिन्छ, ‘हुने बिरुवाको चिल्लो पात’ यो भनाई मेस्सीका लागि एकदम फिट बस्छ । १३ वर्षको उमेरमा नै आफ्नो प्रतिभामा पोख्त भएका मेस्सी माथि बार्सिलोनाको फुटबल क्लबको आँखा प¥यो ।

उपचार गरिदिने भनेर उन्लाई स्पेन लगियो । त्याहाँ उन्को उपचार भयो र धेरै संघर्ष पछि उनि बार्सिलोना फुटबल क्लबमा सामिल हुन पाए । उनि बार्सिलोनामा प्रवेश गर्दा न्याप्किन पेपरमा साईन गरेर सम्झौता गरेका थिए ।

सर्वाधिक अवार्डहरु जित्न सफल मेस्सीले समुहमा ४ युएइफा च्याम्पियन्स लिग, ८ स्पेनिस लिग ला–लिगा, ४ कोपा डिल रे, ४ फिफा क्लब विश्वकप, ६ स्पेनिस सुपरकप, ३ युएइफा सुपर कप, ओलम्पिक गोल्ड मेडल, फिफा ग–१९ विश्वकप र ब्यक्तिगत रुपमा ५ पटक फिफा बालोन डि ओर, ३ पटक गोल्डेन बुट, २ पटक युएइफा बेस्ट प्लेयर, २०१४ मा फिफा विश्वकप गोल्डेन बल र २०१५ मा कोपा अमेरिका गोल्डेन बल जस्ता उपाधिहरु हात पार्न सफल भएका थिए ।

बाल्यकालमा खानमा एकदमै इच्छा राख्थे मेस्सी । उन्लाई बंगुर तथा सँगुरको मासु, कुखुराको मासु, टमाटर तथा प्याज साह्रै मन पर्छ । उन्ले गरेको महान् कामहरु आज विश्वले चिन्न पुगेको छ । बाल्यकालमा आफुले पाएको दुख अरुलाई भोग्न नदिन मेस्सीले आफु जन्मिएको ठाँउमा बालबालिकाको लागि अस्पताल खोलिदिएका छन् । सन् २००७ मा उन्ले लियो मेस्सी फाउंडेसनको स्थापना गरेका थिए भने, २०१३ मा सिरियाली बच्चाहलाई आफ्नो कुल कमाईको एक तिहाई रकम सहयोगका रुपमा दिएका थिए । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !