६ बैशाख २०८१, बिहिबार

मेस्सीको घरमाथिबाट प्लने उड्न किन मनाही छ ?


२१ चैत, काठमाडौं । फुटबलको दुनियामा चर्चित खेलाडी हुन अर्जेन्टिनाका लियोनेल आन्द्रेस मेस्सी । चमत्कारीरुपमा फुटबल खेल्ने क्षमताको कारण पनि मेस्सीले विश्वमा नै नाम र दाम कमाउँन सफल छन् । मेस्सीको फ्यानफलोईङ फुुटबल प्रेमीहरुमाझ निकै लोभलाग्दो छ । उनको फ्यानहरुलाई सायदै थाहा होला की विश्वमा मेस्सी एकमात्र यस्ता खेलाडी हुन जसको घरमाथिबाट प्लेन उडन मनाही छ ।

वास्तवमा मेस्सी बार्सिलोनको एक गाउँमा बस्छन् जहाँ पर्यावरणलाई मध्यनजर गर्दे प्लेन उडाउँन बन्देज गरिएको छ । तर एयरलायन्सहरुले भने पर्यावरणका लागि नभई मेस्सीको कारण नै उक्त इलाकामा प्लेन उडाउँन बन्देज गरिएको दाबी गर्छन् । उता मेस्सीको घर आकासबाट हेर्दा फुटबल आकारको रहेको बताईएको छ ।

इन्भाइरोमेन्ट फ्रेण्ड्ली मेस्सीको घर अत्याधुनिक सुबिधा सम्पन्न र जता हेर्दा पनि हरियाली देखिने गर्छ । १३ बर्षको उमेरमा स्पेनमा फुटबल क्लब ज्वाईन गरेका मेस्सीले बिवाह भने सन २०१७ मा आफनो बाल्यकालको साथी एवं प्रेमीका एंटोनेला रोकोजोसंग बिवाह गरे । जसलाई उनले पहिलो पटक ५ बर्षको उमेरमा देखेका थिए । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !