८ बैशाख २०८१, शनिबार

भारतद्वारा माल्दिभ्स पराजित


फुटबल

२९ फागुन, विराटनगर । पाँचौँ महिला साफ फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । शहीद रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो ।

भारतका लागि सञ्जु यादवले दुई तथा सन्ध्या रङ्गनाथन, इन्दुमति कासिरेतान, रतनबाला देवीले एक÷एक गोल गरेका थिए । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो । पहिलो हाफमा ५–० को फराकिलो गोल अन्तरले अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो । माल्दिभ्सका खेलाडीले रक्षात्मक खेल खेलेका थिए । बिहीबार समूह ‘ए’ मा रहेका बङ्गलादेश र भूटानबीच प्रतिस्पर्धा हुनेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !