१२ बैशाख २०८१, बुधबार

‘बी’ डिभिजन लिग : दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी


फुटबल

८ फागुन, काठमाडौँ । श्री भगवती क्लबका दर्शन गुरुङले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज ह्याट्रिक पूरा गरेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा पुल्चोक स्पोर्टस् क्लबविरुद्ध भगवतीका दर्शनले ह्याट्रिक गरेका हुन् । दर्शनको ह्याट्रिकसँगै जारी ‘बी’ डिभिजन लिगमा दोस्रो ह्याट्रिक पूरा भएको छ ।

दर्शनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेका थिए । दर्शनले पहिलो हाफको २४, ३६ र दोस्रो हाफको ६७ मिनेटमा गरी ह्याट्रिक पूरा गरे । अर्काे गोल खेलको अतिरिक्त समयमा गरे । यसअघि टुसाल युथ क्लबका एलन राईले ह्याट्रिक गरेका थिए । दर्शनको ह्याट्रिकसँगै ‘बी’ डिभिजन लिगमा भगवतीले दोस्रो जीत निकाल्दै पुल्चोकलाई ६–० गोल अन्तरले पराजित गरेको छ । भगवतीका लागि दुई गोल आजको जीतसँगै तालिकामा छ अङ्क जोडेको छ ।

त्यसैगरी कार्लोस बखरियाले २६ आँंै र मोहनबहादुर थापामगरले ८१औँ मिनेटमा एक–एक गोल गर्दै भगवतीलाई ६–० को अग्रता दिएका थिए । यसैबीच आजै भएको अर्को खेलमा आरसिटी र ब्वाइज युनियन क्लबले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । ब्वाइजका आकाश राईले ५१औँ मिनेटमा पहिलो गोल गरे । आरसिटीका नवराज गुरुङले ८६औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । लिगमा ‘बी’ डिभिजनका १२ क्लब सहभागी छन् ।

लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !