६ बैशाख २०८१, बिहिबार

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए : अध्यक्ष प्रचण्ड


Prachanda प्रचण्ड

२२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकामा बधाई तथा शुभकामना दिनुभएको छ ।

इतिहासमा नाम लेखाउन सफल सो टोलीसँग आज आफ्नै निवास खुमलटामा भेटवार्ताका क्रममा उहाँले यस्तो सद्भाव व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालले नेपालको ऐतिहासिक जितले आफू र आफ्नो पार्टी खुशी भएको पनि बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

देश समृद्धिको यात्रामा अघि बढेका बेला राष्ट्रिय एकतालाई मजबुत पार्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने रङ्गशालाबाट क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने बताउनुभयो ।

आफ्नातर्फबाट यो खेलको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्नेसमेत उहाँले बताउनुभयो । अध्यक्ष दाहाललाई भेट्न पुगेका टोलीमा नेपाल क्रिकेट सङ्घका पदाधिकारी, प्रशिक्षक र कप्तान पारस खड्कासहित अन्य खेलाडीको सहभागिता थियो ।युएइविरुद्ध एकदिवसीय र टि २० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाली क्रिकेट टोली विजयी भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !