१३ बैशाख २०८१, बिहिबार

जुम्लाबाट ९१ खेलाडी छनोट


Nepalpatra

२० माघ, खलङ्गा । जुम्लाबाट आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि ९१ खेलाडी छनोट भएका छन् । नौ खेलका लागि ४१ महिला तथा ५० पुरुष खेलाडी छनोट भएका हुन् ।

जिल्लाबाट पुरुष भलिबलमा १०, महिला भलिबलमा ११, पुरुष फुटबलमा १७, महिला फुटबलमा १७, कराँतेमा आठ, तेक्वान्दोमा १४, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा चार तथा कराँतेमा दुई खेलाडी छनोट गरिएका जिल्ला खेलकूद विकास समितिका सचिव शोसन शाहीले जानकारी दिनुभयो । जिल्लामा भलिबलको मात्र प्रशिक्षक हुनुहुन्छ । अन्य खेलको प्रशिक्षक अभाव छ । कराँते, तेक्वान्दो, फुटबल, एथलेटिक्सलगायत खेलको प्रशिक्षकको दरबन्दी भए पनि जिल्लामा कार्यरत भने छैनन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !