४ बैशाख २०८१, मंगलबार

रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै


Volleyball

२ माघ, बेझाड । पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलो पटक यहाँ अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो ।

दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा आजदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मी लगायतका दश समूहको सहभागिता रहने संयोजक शङ्कर खाँणले बताउनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख ५० हजार, द्वितीय पुरस्कार नगद रु एक लाख र तृत्तीय पुरस्कार नगद रु ५० हजार रहेको छ । प्रतियोगिता सञ्चालनका लागि करीब रु १२ लाख बराबरको रकम लाग्ने अनुमान आयोजकको छ ।

केन्द्रसम्म सडक जोडिएपछि स्थानीयवासीमा खुशीयाली

सडक सञ्जालले पछाडि परेको पूर्वखोला गाउँपालिकाको केन्द्रसम्म सडक जोडिएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

गाउँपालिकाको केन्द्र सिकारभञ्याङ अर्खलडाँडा रामपुर नगरपालिका–९ को बगैँचासम्म र पूर्वखोला–१ सिलुवा सम्मको १० किलोमिटर सडक जोडिएपछि स्थानीयवासीलाई सहज भएको छ ।

सो सडकको प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले गाउँगाउँमा सङ्घीयताको प्रतिफल देखिन शुरु गरेको बताउनुभयो । उहाँले २०७८ सालभित्र पूर्वखोला गाउँपालिका नमूना गाउँपालिका बन्ने जानकारी दिनुभयो । आचार्यले गाउँपालिकाका सबै गाउँबस्तीमा यातायात सेवा सहजसँग गुड्ने भएपछि अब अर्को वर्ष एक घर एक धाराको कार्यक्रम ल्याउने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाले गाउँबस्ती र टोलटोलमा सडक सुधार गर्दै जाने बताउनुभयो । कार्यालयको आर्थिक सहयोग र जनश्रमदानबाट सडक निर्माण गरिएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !