७ बैशाख २०८१, शुक्रबार

रियो ओलम्पिकमा : हरिकुमार रिमाल ५ हजार मिटरको पहिलो चरणबाटै बाहिरिए


harikumar rimal

रियो ओलम्पिक अन्तर्गत एथ्लेटिक्सतर्फ पुरुष ५ हजार मिटर दौडमा नेपालका हरिकुमार रिमाल हिट राउण्डबाटै बाहिरिएका छन्।

हिट वनमा प्रतिस्पर्धा गरेका रिमाल कुल २५ धावकमध्ये २३ औं स्थानमा रहे। उनले आफ्नो व्यक्तिगत समयमा समेत सुधार गर्न सकेनन्।

रियोस्थित ओलम्पिक स्टेडियममा भएको दौडका उनले निर्धारित ५ हजार मिटर दुरी १४ मिनेट ५४.४२ सेकेण्डमा पूरा गरे। यस राउण्डबाट यसअघि भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा रिमालले १४ मिनेट ३२.१८ सेकेण्ड पूरा गर्दै आफ्नो व्यक्तिगत उत्कृष्ट समय निकालेका थिए।

दौड हुनुअघि रियोबाट पहिलोपोस्टसँगको कुराकानीमा रिमालले आफ्नो लक्ष्य सके नेसनल रेकर्ड ब्रेक गर्ने नसके पर्सनल बेस्टमा सुधार गर्ने बताएका थिए। तर उनको दुवै लक्ष्य पूरा हुन सकेन।

५ हजार मिटरमा पुरुषतर्फको नेसनल रेकर्ड राजेन्द्र भण्डारीको नाममा रहेको छ। सन् २००४ को एथेन्स ओलम्पिकमा भण्डारीले १४ मिनेट ०४.८९ सेकेण्डमा उक्त दुरी पार गरेका थिए। यस स्पर्धामा वर्ल्ड रेकर्ड भने इथियोपियाका केनेनिसा बेकेलेको नाममा रहेको छ। सन् २००४ को एथेन्स ओलम्पिककमा बेकेलेले १२ मिनेट ३७.३५ सेकेण्डमा दुरी पूरा गर्दै रेकर्ड राखेका हुन्।

रिमाल सहित रियो पुगेका महिला खेलाडी सरस्वती भट्टराईले भने १५ सम मिटरमा नेसनल रेकर्ड कायम गरेकी थिइन्। शुक्रबार महिला १५ सय मिटर प्रतिस्पर्धा गरेकी सरस्वतीले २६ वर्ष पुरानो नेसनल रेकर्ड तोडेकी हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !