७ बैशाख २०८१, शुक्रबार

उपाधि दाबेदार आर्मीलाई फ्रेण्डसले रोक्यो


फुटबल

२० मङ्सिर, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ ।

सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे । खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेण्डसका गोलरक्षक देव लिम्बूले विफल बनाइदिएका थिए । यस खेलसँगै ६ खेल खेलेको आर्मी चार जीत र दुई बराबरीसँगै १४ अङ्क जोडेको छ । लिगको अङ्क तालिकामा भने आर्मी चौथो स्थानमा यथावत् छ ।

त्यस्तै समान खेल खेलेको फ्रेण्डस पनि पाँच अङ्कका साथ लिगको दशौँ स्थानमा यथावत् छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !