७ बैशाख २०८१, शुक्रबार

चीनलार्इ पछि पार्दै २१ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा


olampic 2016 medal

एजेन्सी,रियो दि जेनेरियो । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद जारी छ । रियो ओलम्पिक अन्तर्गत शनिबार पनि बिभिन्न खेलको प्रतिस्पर्धा हुँदैछ ।

ब्राजिलमा जारी ओलम्पिकमा हालसम्म १ सय ३२ स्वर्णको छिनोफानो भइसकेको छ । हालसम्म विभिन्न ४० देश र एक स्वतन्त्र खेलाडीले विभिन्न खेलमा स्वर्ण पदक जितिसकेका छन । तर, हालसम्म कुल ६४ देशले ओलम्पिकमा पदक हात परेका छन् ।

जारी रियोमा पहिलोपटक स्वतन्त्र खेलाडीका रुपमा फेहैद अल डीहानीले स्वर्ण जितेका छन् । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटीले कुवेतलाई ओलम्पिक खेल्न प्रतिबन्ध लगाएपछि ओलम्पिकको झन्डामुनी रहेर स्वतन्त्र खेलाडीका रूपमा कुवेती सुटर फेहैद अल डीहानीले स्वर्ण जित्दै ओलम्पिकमा नयाँ इतिहास रचेका हुन् । पुरुष डबल ट्रयापमा इटालियन खेलाडी मार्को इन्नोसेन्टिलाई पछि पार्दै स्वर्ण जितेका हुन् ।

रियो ओलम्पिकको पदक तालिकामा हालसम्म २१ स्वर्ण, १५ रजत र १८ कास्य गरी कुल ५४ पदक जितेको अमेरिकाले शीर्ष स्थानमा छ । १३ स्वर्ण, ११ रजत र १७ कास्य पदकसहित कुल ४१ पदकसहित चीन दोस्रो स्थानमा छ । यस्तै ९ स्वर्ण, ११ रजत र ६ कास्य गरि कुल २६ पदक जितेको ग्रेट ब्रिटेन तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको जर्मनीले ८ स्वर्ण, ५ रजत र ३ कास्यगरि १६ पदक जितेको छ भने पाचौ स्थानमा रहेको जापानले ७ स्वर्ण ७ रजत र १४ पदकगरि २४ पदक जितेको छ ।

त्यस्तै छैटौ रुसले ६ स्वर्ण ९ रजत र ८ कास्यगरि २३ पदक जितेको छ । सातौ स्थानमा रहेको अष्ट्रेलियाले ६ स्वर्ण, ६ रजत र ८ कास्यसहित २० पदक जितेको छ । दक्षिण कोरियाले ६ स्वर्ण, ३ रजत र ४ कास्य गरी १३ पदक जित्द्दै आठौ स्थानमा छ । यस्तै नवौ स्थानको फ्रान्सले ५ स्वर्ण, ८ रजत र ५ कास्य गरी १८ पदक जितेको छ । ५ स्वर्ण, ७ रजत र ४ कास्यगरि १६ पदक जितेको इटाली १० औ स्थानमा छ ।

हालसम्म स्विडेन, चाइनिज ताइपेइ, अर्जे्न्टिना, बेल्जियम, कोशोभो, नेदरल्याण्डस, ब्राजिल, क्रोएसिया, सिंगापुर, काजकिस्तान,इरान, स्विजरल्याण्ड, इथोपिया, पिर्टो रिको, फिजी,कोलम्बिया रोमानिया, पोल्यान्ड, बेलारुस, उत्तर कोरिया, न्युजिल्यान्ड, क्यानडा, ग्रिस, स्लोभेनिया र भिएतनामले पनि स्वर्ण पदक जितिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !